Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुक्तिनाथ विकास बैंक र डेन्टलप्रो एण्ड इम्प्लाइट क्लिनिकबीच सेवा सम्झौता

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन काठमाडौं बालाजुस्थित डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकसँग विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

यस्तै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:१७
प्रतिक्रिया दिनुहोस्