इन्डोनेसियामा सुन खानीमा पहिरो, १२ महिला कामदारको मृत्यु
काठमाडौं - इन्डोनेसियाको उत्तरी भागमा पर्ने सुमात्रा प्रान्तमा बिहीबार दिउँसो पहिरोमा परी सुन खानीमा काम गर्ने १२ जना महिला कामदारको मृत्यु भएको छ । अवैधानिक रुपमा सञ्चालन हुँदै आएको सुन खानीमा काम गर्ने कम्तीमा १२ जना महिलाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएका छन् ।
मण्डैलिङ नाताल क्षेत्रको बन्दर लिमाबुङ गाउँमा पहिरो जानुअघि अवैध सुन खानीमा केही व्यक्ति काम गरिरहेका थिए । अचानक चट्टानको एक भाग भत्किएको र यसमा परी खानीमा काम गरिरहेका महिलाहरु मारिएका जिल्ला प्रहरी प्रमुख रजा चेरुलले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।
दुर्घटनाको छानबिन भइरहेको पनि उनले जानकारी दिए । खानीमा काम गर्ने कुल १४ जना पहिरोमा गाडिएका थिए । तीमध्ये दुई जना बाँचेका र मृतकहरुलाई प्रहरीले उद्धार गरी परिवारलाई फिर्ता गरेको जनाइएको छ । बिना इजाजतपत्र खानीहरु सञ्चालन गर्ने पुरातात्विक देशहरुमा सामान्य छन् र विगतका वर्षहरूमा धेरै दुर्घटनाहरू भएका छन् । गत वर्ष मध्य प्रान्तमा सुलावेसी अवैधानीक रुपमा सञ्चालन भएको सुन खानीमा गएको पहिरोमा परी ६ जना कामदारको मृत्यु भएको थियो ।