Nic Ad Nic Ad
Nic Ad Nic Ad

चीनमा एकै दिन ५,६०० बढीमा कोरोना संक्रमण, सांघाइमा मात्र ५,४८७

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - चीनमा पछिल्लो केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घण्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा बिहीबार मात्र ५,६४६ जना संक्रमित भेटिएका हुन् । पछिल्लो समयमा यहाँ चीनको सांघाइ सहरमा धेरै संक्रमित देखिएका छन् । यस शहरमा मात्र गएको २४ घण्टायता ५,४८७ जना संक्रमित देखिएका बताइएको छ ।

चीनका विभिन्न शहर र राजधानी बेइजिङमा थप संक्रमितहरु देखिने क्रम जारी नै रहेको बताइएको छ । चिनियाँ राजधानी शहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन् ।

पछिल्ला हप्ताहरुमा चीनको सांघाइ शहरमा सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका हुन् । सांघाइ शहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ । यहाँ हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरु देखिन थालेका छन् र तीमध्ये अधिकांश चीनभित्रै संक्रमणमा परेका हुन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्