सर्वोच्चको आदेशपछि गभर्नर अधिकारीको निरन्तर काम गर्ने बाटो खुल्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अब निरन्तर काम गर्ने बाटो खुलेको छ । शुक्रबार सर्वोच्च अदालतले गभर्नर अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्न आदेश दिएको छ । अदालतको सोही आदेशसँगै अब अधिकारीले कामलाई निरन्तरता दिनेछन् ।
न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले आदेशलाई निरन्तरता गरेको हो । अधिकारीको यस बिषय तीन दिनदेखि निरन्तर सुनुवाइ भइरहेकोमा आज टुंग्याउदै अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
गएको चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकले अधिकारीमाथि छानबिन गर्न भनेपछि उनी निलम्बनमा परेका थिए । उनी निलम्बनमा परेपनि विभिन्न राजनीतिक दल लगायतले यसको विरोध जनाएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:१९
प्रतिक्रिया दिनुहोस्