एक प्रेरक प्रसङ्ग : दुलहा कहाँ छन् ?
गान्धी जब एक पटक शान्ति निकेतन गए तब उनलाई बसाउने कोठा फूलले सजाइएको थियो । यस्तो देखेर गान्धीले विश्वकवि रविन्द्रनाथसँग सोधे, यहाँ कसको जन्ती बस्छ ?
जवाफ मिल्यो, कुनै महात्माको ।
गान्धीले फेरि सोधे, दुलहा कहाँ छन् ?
अगाडि ।
जवाफ पाएपछि उनले फेरि प्रश्न गरे, र दुलही कहाँ छिन् ?
देवगुरुले मुस्कुराउँदै भने, शान्ति निकेतनको रम्यस्थली ।
त्यसपछि महात्मा गान्धीले चुपचाप उनको आतिथ्य स्वीकार गरे ।
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०१
प्रतिक्रिया दिनुहोस्