Nic Ad Nic Ad
Nic Ad Nic Ad

पञ्जाबको पटियालामा हिन्दु र सिख समूहबीचको झडपपछि इन्टरनेट सेवा बन्द

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– भारतको पञ्जाबस्थित पटियालामा हिन्दु र सिख संगठनका समर्थकबीच भएको झडपपछि प्रशासनले इन्टरनेट सेवा बन्द गरेको छ ।

आज बिहान ९ देखि साँझ ६ बजेसम्म इन्टरनेट तथा एसएमएस सेवा बन्द गरिएको हो ।

दुई संगठनका समर्थकबीच शुक्रबार झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गर्नु परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

साथै, शुक्रबार रातिदेखि शनिबार (आज) बिहानसम्म कफ्र्यू जारी गरिएको थियो ।

भारतको पञ्जाबमा एक पृथकतावादी आन्दोलन गर्दै आएको सिख समूहले खालिस्तान राज्यको माग गर्दै आएको छ । शुक्रबार प्रतिबन्धित संगठन सिख फर जस्टिसले खालिस्तानी झन्डा फहराउने कार्यक्रम तय गरेपछि त्यसको विरोधमा हिन्दु संगठन शिव सेनाले र्‍याली निकाल्ने आह्वान गरेको थियो । यस क्रममा दुई पक्षबीचको झडपमा कालीमाताको मन्दिरमा आक्रमण भएको थियो ।

हिन्दु संगठनहरुले आक्रमणकारीमाथि कारबाही हुनु पर्ने माग अघि सारेका छन् । हिन्दु समूहले पटियालामा बन्दको आह्वान गरेको छ ।

यसैबीच, सरकारले पटियालाका आईजी राकेश अग्रवाल र एसएसपी नानक सिंह लाई हटाएर नयाँ व्यक्ति ल्याएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्