Nic Ad Nic Ad
Nic Ad Nic Ad

उदयपुरमा दुई वडामा दलित महिला सदस्यमा निर्विरोध

शुक्रबार, मंसिर ९, २०७९
उदयपुर—जिल्लाको दुई पहाडी गाउँपालिकाका दुई वडामा दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुने वडा सदस्यमा जिल्लाको रौतामाई गाउँपालिका–१ मा नेकपा (एमाले) को तर्फबाट वडा सदस्यकी उम्मेदवार फूलमाया (दियाली) विक भएको निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले बताए । यस्तै, जिल्लाको लिम्चुङबुङ गाउँपालिका–१ मा पनि गठबन्धन दलहरूको तर्फबाट वडा सदस्यका लागि उम्मेदवार उम्मेदवार देवकुमारी कामी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत तुलाराज सुनुवारले बताए। उनी गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) बाट सदस्यको उम्मेदवार बनी निर्विरोध निर्वाचित भएका हुन् । माओवादी केन्द्रबाट कलिमाया निर्विरोध निर्वाचित जलेश्वर– आसन्न निर्वाचनका लागि महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दर्ता गराएकी एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । बर्दिबास नपा–७ बाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएकी कलिमाया निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले जनाएको छ । बर्दिबास नपाको १४ वटै वडामध्ये उनी निर्विरोध निर्वाचित हुने पहिलो उम्मेदवार बनेका छन् । रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्