आचारसंहिता विपरीत एमाले सुनवल–७ः चुनावको मुखैमा वडाअध्यक्षका उम्मेदवार पाण्डेद्वारा ज्येष्ठ नागरिकहरुलाई सम्मान
सुनवल— नेकपा एमालेको तर्फबाट सुनवल नगरपालिका वडा नं ७ को वडाअध्यक्षका उम्मेदवार विनोद पाण्डेले चुनावको पुर्वसन्ध्यामा मातातिर्थ औंशीको अवसर पारी वडाका ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् । स्रोतका अनुसार शनिबार उक्त सम्मान र घरदैलो कार्यक्रमको शुभारम्भ गरिएको बताईएको छ ।
उम्मेदवार र पार्टीका कार्यकर्ताहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको बताईएको छ । उम्मेदवारहरुले निर्वाचनको मुखमा सम्मान त गरे गरे त्यससँगै निर्वाचन आचारसंहितालाई पनि लत्याए । निर्वाचन आयोगले तोकेको आचारसंहिताअनुसार यी र यस्ता किसिमका कार्यक्रमहरु निर्वाचन आचारसंहिता विपरीत मान्ने गरिन्छ ।
नेकपा एमालेबाट सुनवल ७ मा वडा अध्यक्षमा विनोद पाण्डे वडा सदस्यमा तुलसी ज्ञवाली,लाल बहादुर थापा र गायत्री परियार लगायतको उम्मेदवारी रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:३२
प्रतिक्रिया दिनुहोस्