Nic Ad Nic Ad
Nic Ad Nic Ad

 केजीएफ २ बन्यो १ हजार करोड कमाउने चौथो भारतीय चलचित्र  

बिहीबार, मंसिर ८, २०७९

मुम्बई–दक्षिण भारतीय चलचित्र   केजीएफ–२ ले विश्वभर १००० करोड कमाएको छ ।

आरआरआर , बाहुबली २ र दङ्गल पछि केजीएफयक्ति धैरै कमाई गर्ने चौथो भारतीय फिल्म बन्न सफल भएको छ । एक हजार करोड कमाउने चार मध्ये ३ वटा दक्षिण भारतीय चलचित्र र एक भारतीय चलचित्र रहेको छ । त्यसैगरी चलचित्र केजीएफ २  १२ दिनमा ३०० करोड क्लबमा पुग्ने १० औं फिल्म बन्न सफल भएको छ । यस चलचित्रले हाल हरेक दिन ठूला रेकर्डहरू तोडिरहेको छ । यस अघि २५ मार्चमा रिलिज भएको आरआरएनले पहिलो दिनमै विश्वभर २ सय ५७ करोड कमाएर यो वर्षको सबैभन्दा ठूलो उद्घाटन गर्ने फिल्म बन्न सफल भएको थियो । त्यस्तै पछिल्लो समय दक्षिण भारतीय चलचित्रहरूले भारतीय फिल्म क्षेत्रलाई पछाडि पार्दै लगातार बक्स अफिसमा रेर्कड तोड्दै गएको छ । दर्शकहरूले पछिल्लो समय भारतीय चलचित्र र दक्षिण भारतीय चलचित्रहरूको एक आपसमा तुलना गर्ने गरेका छन् । दक्षिण भारतीय चलचित्रहरूले भारतीय चलचित्रहरुमा के कस्ता असर गरे आउनुहोस् जाँनौ

सन् २०२२ मा अमिताभ बच्चनको झुण्ड, अक्षय कुमारको बच्चन पाण्डे, आलिया भट्टको गंगुबाई काठियावाडी, राजकुमार रावको बधाई दो जस्ता चलचित्रहरू रिलिज भएका छन् । यी सबै चलचित्रहरूको कुल कलेक्सन साउथको फिल्म केजीएफ २ को मात्र १५ दिनको कमाई कम रहेका छन् ।

राधे,अन्तिम,थलाइवी जस्ता भारतीय चलचित्रहरू कोरोनाको समयमा नराम्ररी फ्लप भए पनि दोस्रो लहरको चुचुरोमा रिलिज भएको मास्टर चलचित्रले २ सय ५० करोड कमाएर दर्शकलाई स्टारकास्ट होइन, अनौठो कथा चाहिएको प्रमाणित गरेको छ । यो सँगै कोरोना अवधिमा रिलिज भएका साउथ फिल्म पुष्प, मरक्कड , वकिल साब, राधे श्यामले पनि कीर्तिमानी कमाई गरेका छन् । कोरोनाको समयमा थुपै भारतिय चलचित्रहरु पनि रिलिज भएका छन् ।तर यस मध्ये मात्र अक्षय कुमारको सूर्यवंशी र आलिया भट्को गंगुबाई काठियावाडीले मात्र राम्रो कमाई गर्न सफल भएका थिए । 

भारतीय चलत्रचत्र भन्दा दक्षिण भारतीय चलचित्रको कमाइ धेरै

सन् २०२१ मा दक्षिण भारतीय चलचित्र क्षेत्रकोे कुल १ सय ८० चलचित्र  रिलिज भएका थिए जसले १ हजार ८० करोड कमाएका थिए । यो सँगै ७ सय ६० करोड कमाउने भारतीय चलचित्रमा ५५ फिल्म मात्र रहेका छन् । सोही समयमा, कोरोना अवधि अघि,  २०१९ मा दक्षिणको रेवेन्यू ३९०० करोड र भारतीय चलचित्र क्षेत्रको मात्र २८०० करोड थियो । 

दक्षिण भारतीय चलचित्र क्षेत्रबाट भारतीय चलचित्र क्षेत्रलाई किन खतरामा 

दक्षिण भारतीय चलचित्रहरू विभिन्न देशका भाषाहरूमा  रिलिज भइरहेका छन् ।  पछिल्लो समय वर्ष भरि देशभर धेरै दक्षिणका चलचित्रहरू  रिलिज भइरहेकाले  भारतीय चलचित्रको रिलिज मिति एक आपसमा जुध्ने डरले परिवर्तन गर्नुपर्ने भएको छ । दक्षिणका चलचित्रहरु धेरै भाषमा रिलिजका कारण हिन्दी फिल्मले कम स्क्रिन पाइरहेको छ, जुन उनीहरूको कलेक्सन घट्नुको ठूलो कारण बनिरहेको छ ।

यस प्रति के छन विशेषज्ञ राय 

ट्रेड एनालिस्ट कोमल नाहटाले दक्षिण भारतीय चलचित्र र भारतीय चलचित्र एक आपसका लागी खतरा नभएको बताएका छन् । दक्षिण भारतका उत्कृष्ट चलचित्रलाई भारतका सबै फिल्मसँग तुलना गर्नु गलत भएको उनको भनाई छ । अहिले सम्मभारतिय चलचित्रहरूले कथालाई भन्दा र स्टारलाई बढी ध्यान दिँदै आएका छन् तर दक्षिणका चलचित्रहरूमा भने स्टारपावरसँगै स्क्रिप्ट पनि बलियो रहेको उनको भनाई छ । त्यसकारण भविष्यमा यसबाट बच्न बलिउडलेस्टारपावरको सट्टा सामग्रीमा ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:३८
प्रतिक्रिया दिनुहोस्