Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वराज पोखरेललाई आईजीपी बनाउन गृहमन्त्रालयको प्रस्ताव

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ— गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न प्रस्ताव गरेको छ । मन्त्रालयले एक नम्बर वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो नम्बर वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने पक्षमा थिए । केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेर अघि सारेको भन्दै कांग्रेसका केही नेताहरु रुष्ट थिए र विकल्पका रुपमा सिंहलाई अघि सारिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार