Nic Ad Nic Ad
Nic Ad Nic Ad

को हुन् नयाँ प्रहरी प्रमुख धिरजप्रताप सिंह?

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ— नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त भएका छन् । मन्त्रिपरिषदको आज बसेको बैंठकले सिंहलाई आईजीपीमा नियुक्त गरेका हुन् । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री आजबाट अनिवार्य अवकाशमा गएपछि सरकारले सिंहलाई नयाँ आईजीपी नियुक्त गरेको हो । २०६१ मा डिएसपी भएका उनी २०६९ मा उनी एसपी भएका थिए । सिंह वि.सं. २०२४ सालमा दैलेखको विजौरामा जन्मिएका हुन् । प्राइमरी शिक्षा दैलेखमै पुरा गरेका सिंहले कानूनमा स्नातक र मानविकी शास्त्रमा स्नातकोत्तर तह सम्मको अध्ययन गरेका छन् । ३० वर्षे सेवा अवधि कायमै रहे उनले अब करिव एक वर्ष प्रहरी संगठन चलाउनेछन् । सिंह अहिलेका आईजीपी शैलेश थापासहितको टोलीसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरेका थिए । तर सिंह वैकल्पिक सूचीमा परेका कारण २०४९ चैतमा नियुक्ति लिएका थिए । सिंह प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छँदा उनले तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखा ९हालको उपत्यका अपराध अनुसन्धान कार्यालय०को नेतृत्व गरेका थिए । एसपी छँदा उनले पर्सा र दाङको नेतृत्व गरेका थिए । सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) छँदा मधेश प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को नेतृत्व गरेका छन् । उनि प्रहरी भित्र अनुसन्धान तथा अपरेशनको काममा अब्बल अधिकृत मानिन्छन् ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:०४
प्रतिक्रिया दिनुहोस्