सुटिङको मुखमा आएर फिल्म ‘हनी बनी’बाट किन निस्किए अनमोल र सारा ?
काठमाडौं - फिल्म ‘हनी बनी’ बाट अभिनेता अनमोल केसी र अभिनेत्री सारा सिर्पाली निस्किएका छन् । सुटिङको मिति नजिकिँदै गर्दा अनमोल र सारा एक्कासी टिमबाट निस्किएका हुन् । अनमोल र सारा फिल्ममा नखेल्ने भएको बारे फिल्म निर्देशक दिवाकर भट्टराईले जानकारी दिएका छन् ।
अब उनीहरुको स्थानमा अरु नै कलाकारलाई अनुबन्ध गर्ने तयारी गरिएको छ । फिल्ममा अनमोलको स्थानमा आउने अभिनेताको टुंगो लागेको छैन भने अभिनेत्रीमा जसिता गुरुङ आउन सक्ने बताइएको छ ।
७ करोड लागतमा निर्माण हुन लागेको यस फिल्ममा अनमोल हुने भनेपछि दर्शक निकै उत्साहित भएका थिए । तर फिल्ममा अनमोल नहुने भएका छन् । अनमोलले यसअघि पनि फिल्म ग्याङस्टर ब्लुज, ब्याचलर बन्टी, धुपौरे पनि छाडेका थिए । अनमोल र साराले फिल्म किन छाडे भन्ने कारण खुलेको छैन ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:३८
प्रतिक्रिया दिनुहोस्