Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालले दियो जिम्बाब्वेलाई १८२ रनको लक्ष्य

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ— टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले जिम्बाब्वे समक्ष १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८१ रन बनायो । नेपालका लागि आदिल अन्सारीले अविजित ४७ रनको योगदान दिए । २७ बलको सामना गरेका उनले चार चौका र तीन छक्का प्रहार गरे । कुशल भुर्तेलले ४६, रोहितकुमार पौडेलले ३६ र दिपेन्द्रसिंह ऐरीले २८ रन बनाए । जिम्बाब्वे ‘ए’ का लागि ब्रराड इभन्स, लुक जोन्वे, ब्रेन्डन माभुटा र जोन मसराले एकरएक विकेट हात पार्दा एक विकेट रन आउटको रूपमा प्राप्त भयो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:२२
प्रतिक्रिया दिनुहोस्