राप्रपाको दुई चुनावी गीत सार्वजनिक
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचन लक्षित दुई ओटा गीत सार्वजनिक गरेको छ ।
राप्रपाको गीतमा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाई, पार्टीको एजेण्डा तथा जनतामा रहेको पीडालाई समावेश गरेको छ ।
पहिलो गीत शक्ति सापकोटाले लेखेका हुन् भने संगीत शान्तिराम राईले दिएका छन् । त्यस्तै, उक्त गीत रोशन राई र चाँदनी राईले गाएका छन् ।
गीत यस्तो छ:
सधैँ भरी जनतालाई चोट माथि चोट
देश जोगाउन यस पाली त राप्रपा लाई भोट
जनताले चाहेको सबले थाहा पाएको
राप्रपा लाई जिताउन जनता सबै उर्लेको
त्यस्तै, अर्को गीतमा युवाहरूको वितृष्णालाई पूर्ण रुपमा समेट्ने प्रयास गरिएको छ। एउटा युवा विभिन्न निराशा का साथमा विदेश जान्छु भन्छ र महिलाले नजाऊ विदेश राप्रपा आउँदैछ सुशासन ल्याउँदै छ बन्दै सम्झाउँछिन्
गीत अत्यन्तै रोचक रहेको छ। यो गीतको गहिरो राजनीति व्यंग्य भेटिन्छ । यो गीतलाई प्रवासी नेपाली एकता समाज अमेरिका का अध्यक्ष राजेन्द्र शेरचनले लेखेका हुन् । सुवास भुसालको संगीत रहेको यो गीत रोशन राई र ममता गुरुङले गाएका हुन् ।
राष्ट्रियता प्रजातन्त्र उदारवादको नारा
भ्रष्टाचार गरि खानु आमाको रगत खानु सर
गाउँ सहर भन्दै छ , राप्रपा आँउदै छ
अब जानू पर्दैन युवा परदेशमा ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:३६
प्रतिक्रिया दिनुहोस्