Nic Ad Nic Ad
Nic Ad Nic Ad

७६ जिल्लाको मतपत्र छपाइ सम्पन्न, अन्तिम जिल्ला भक्तपुरको आजदेखि छापिँदै

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७६ जिल्लाको मतपत्र छपाइ कार्य सकिएको छ । अब बाँकी रहेको अन्तिम जिल्ला भक्तपुरको मतपत्र छपाइ आजदेखि सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

जनक शिक्षा सामग्री संस्थान, सानोठिमीमा नमूनादेखि ३० वैशाखमा निर्वाचन प्रयोजनका लागि मतपत्रका छपाइ कार्य भइरहेको हो । निर्वाचन आयोगले उम्मेदवारी दर्ता, खारेजीलगायतका कार्यतालिका सम्पन्न गरेलगत्तै सम्पूर्ण जिल्लाका मतपत्र छपाइको काम सम्पन्न गरेर ढुवानीलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

छापिएका मतपत्रमध्ये १८ वैशाखभित्र नै ४९ जिल्लामा ढुवानी गर्ने काम सम्पन्न गरिसेकेको आयोगले आज दोलखा, सिन्धुली र रामछापका लागि मतपत्रहरू ढुवानी गर्दैछ । आयोगका प्रवक्ता शालिकराम पराजुलीका अनुसार ६ महानगरपालिका र भक्तपुर जिल्लाबाहेकका अन्य जिल्लाका लागि १ करोड ४५ लाख ८० हजार मतपत्र छापिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:५४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार