स्पाइस जेटको विमान अवतरणका क्रममा तुफानको चपेटामा, ४० यात्रु घाइते
काठमाडौँ– भारतको मुम्बईदेखि पश्चिम बंगालको दुर्गापुर जाँदै गरेको स्पाइस जेटको बोइङ ‘बी ७३७’ विमान प्रतिकुल मौसमका कारण तुफानमा पर्दा ४० यात्रु घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।
तुफानमा परेको विमानको सन्तुलन बिग्रदा क्याबिनमा राखिएका सामानहरु झरेका थिए । सिटमा बसेका यात्रुसमेत असन्तुलित हुँदा ४० जना घाइते भएका बताइएको छ ।
यद्यपि, पाइलटको सुझबुझपूर्ण सावधानीका कारण उक्त विमान सुरक्षित रुपमा विमानस्थलमा अवतरण गरेको छ ।
दुर्गापुरस्थित काजी नजरुल इस्लाम विमानस्थलमा अवतरण गर्ने क्रममा विमान तुफानको चपेटामा परेको समाचारमा जनाइएको छ । तुफानका कारण विमान सन्तुलन गुमाउँदै हल्लिन पुगेको थियो ।
उक्त घटना आइतबार भएको हो ।
Pax injured when @flyspicejet suffered severe turbulence. Flight from Mumbai to Durgapur.
On arrival pax were rushed to hospital. pic.twitter.com/S2XUHSoOhD — Nagarjun Dwarakanath (@nagarjund) May 2, 2022