नेपालले आज पनि ‘जिम्बाबे ए’ सँग प्रतिष्पर्धा गर्ने
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार पनि जिम्बाबे एसँग प्रतिष्पर्धा गर्दैछ । खेल दिउँसो १ बजे त्रिभूवन विश्वविद्यालयको मैदान र्कीर्तिपुरमा हुनेछ ।
तीन टि २० खेलमा पहिलो खेल नेपालले ६ विकेटले हारेको छ । नेपाल दोस्रो खेलमा जित निकाल्दै मनोबल उच्च बनाउन चाहन्छ । पहिलो खेलमा व्याटिङमा सुधारिएको प्रदर्शन गरेको नेपालले बलिङमा भने लय समात्न सकेन ।
जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३६, मोहम्मद आदिल आलमले ४७ र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाएका थिए।
बलिङतर्फ जिम्बावेका ब्राड इभान्स, लुक जोङ्वे, ब्राण्डोन मावुता र जोन मासराले एक–एक विकेट लिएका थिए।
१८२ रनको लक्ष्यसहित जवाफी व्याटिङ थालेको जिम्बावेले १८ ओभर ५ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। उसका लागि तादिवानशे मरुमानीले ५६, टोनी मुन्योङ्गाले ५० र इन्नोसेन्ट काइयाले ४७ रन बनाएका थिए।
नेपालका लागि बसिर अहमदले दुई तथा कप्तान सन्दीप लामिछाने र करन केसीले समान एक विकेट लिए।
नेपालको हारसँगै सिरिजमा जिम्बाबेले १–० को अग्रता कायम गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:०६
प्रतिक्रिया दिनुहोस्