Nic Ad Nic Ad
Nic Ad Nic Ad

देवदहका ३ सहित रूपन्देहीका १५ विद्रोही उम्मेदवार एमालेबाट निष्कासित  (सूची सहित)

शुक्रबार, मंसिर ९, २०७९
 देवदह– नेकपा एमाले रूपन्देहीले पार्टी निर्णय विपरीत उम्मेदवारी दिने कार्यकर्तालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एमाले रूपन्देहीले देवदहका ३ सहित १५ जना विद्रोही उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको हो । पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगामी २०७९ वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न सिंगो पार्टी पंक्ति चुनावी अभियानमा केन्द्रित भइरहेको अवस्थामा पार्टी निर्णयका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरूलाई आजैदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीका सबै जिम्मेवारीबाट निस्कासन गरिएको जनाईएको छ ।  यसरी पार्टीबाट निष्कासन हुनेहरूमा देवदह नगरपालिकाबाट हरिबहादुर तामाङ, तोलराज बिक र पदम थापा रहेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि आज निष्कासन गरिएका भनिएका देवदहका पदम थापाले यसअघि शुक्रबार नै आफ्नै निवासमा पत्रकार सम्मेलन गरि चार दशक बढि काम गरेको पार्टीबाट राजिनामा गरेको घोषणा गरेका थिए ।  यी हुन निष्कासन गरिएका व्यक्तिहरू १. देवदह नगरपालिका वडा नं. १ निवासी हरिबहादुर तामाङ २. देवदह नगरपालिका वडा नं. ५ निवासी तोलराज बिक ३. देवदह नगरपालिका वडा नं. ७ निवासी पदम थापा ४. ओमसतिया गाउपालिका वडा नं. २ निवासी इन्द्रजित यादव ५. ओमसतिया गाउपालिका वडा नं. ४ निवासी बेचुराम जयसवाल ६. ओमसतिया गाउपालिका वडा नं. ४ निवासी रामशंकर चाई ७. रोहिणी गाउँपालिका वडा नं. १ निवासी अनिता हरिजन ८. रोहिणी गाउपालिका वडा नं. २ निवासी कान्छा कोहार ९. रोहिणी गाउपालिका वडा नं. ४ निवासी नन्दकिशोर कुर्मी १०. रोहिणी गाउँपालिका वडा नं. ५ निवासी पशुपतिनाथ यादव ११. बुटवल उपमहानगरपालिका वडा नं. १६ निवासी बविता आचार्य  १२. सियारी गाउँपालिका वडा नं. ४ निवासी श्रीप्रसाद श्रेष्ठ १३. गैडहवा गाउँपालिका वडा नं. ६ निवासी नरेन्द्र प्रताप सिंह १४. तिलोत्तमा नगरपालिका वडा नं. ६ निवासी हरि पाण्डे १५. तिलोत्तमा नगरपालिका वडा नं. ५ निवासी हरि पौडेल
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०३
प्रतिक्रिया दिनुहोस्