नेपाल र जिम्बाब्बेको दोस्रो टी-ट्वेन्टी स्थगित
काठमाडौं - बर्षाका कारण नेपाल र जिम्बाब्बेबीचको दोस्रो टी-२० खेल स्थगित भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा बर्षा हुनुअघि नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्बेलाई ब्याटिङ निम्तो दिएका थिए ।
जिम्बाब्बेले चार ओभर तीन बलमा दुई विकेटको क्षतीमा ४८ रन बनाएको थियो । पानी रोकिएर खेल सुरु हुने अवस्थामा खेल १८ ओभरमा खेलाइने निर्णय भएको थियो । तर वर्षा नरोकिएपछि स्थगित भएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम टी-२० बुधबार हुनेछ । त्यसपछि तीन एकदिवसीय खेल हुने क्यानले जनाएको छ । नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को तयारी स्वरुप जिम्बाब्बेसँग खेल्न लागेको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:३०
प्रतिक्रिया दिनुहोस्