Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतका प्रधानमन्त्री र जर्मनीका चान्सलरबीचको भेटवार्तामा यी बिषयमा छलफल

बिहीबार, मंसिर ८, २०७९
बर्लिन - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार जर्मनीका चान्सलर अलाफ स्कोल्जका बीचमा भेटवार्ता भएको छ । तीन दिने युरोप भ्रमणमा आएका मोदीले भ्रमणको पहिलो दिन नै बर्लिनमा स्कोल्जलाई भेटेका हुन् । उनीहरूका बीचमा भारत—जर्मनी सहकार्यका बारेमा विषेश कुराकानी भएको अधिकारीहरूले जानकारी दिएका छन् । दुवै पक्षले भेटवार्ता अत्यन्त फलदायी भएको दावी गर्दै आगामी दिनमा आपसी सम्बन्ध र सहकार्यमा थप सुधार हुने विश्वास व्यक्त गरेका छन् । उनीहरूका बीचमा रुसले युक्रेनमा गरेको आक्रमण, त्यसमा दुई देशले खेल्नु पर्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल भएको बताइएको छ । सोमबार बिहान युरोप प्रस्थान गरेका प्रधानमन्त्री मोदीले युरोपेली देश डेनमार्क, जर्मनी र फ्रान्सको भ्रमण गर्ने तालिका रहेको छ । भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिनुभएको जानकारी अनुसार प्रधानमन्त्री मोदीेले यस पटक गर्न लागेको यो युरोप भ्रमणका क्रममा उनले युक्रेनमाथि रुसको हमलाका बारेमा पनि विषेश छलफल गर्नेछन् । सोमबार जर्मनी पुगेका प्रधानमन्त्री मोदी त्यसपछि क्रमशः डेनमार्क र फ्रान्सको भ्रमण गर्ने विदेश सचिव क्वात्राले बताए।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्