Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्वान्टसले सिड्नीबाट लन्डन र न्युयोर्क सीधा उडान गर्ने, विश्कै लामो हवाई उडान

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– अस्ट्रेलियाको विमान सेवा कम्पनी क्वान्टसले सन् २०२५ देखि सिड्नीबाट लन्डन र न्युयोर्कका लागि ननस्टप उडानहरू सञ्चालन गर्ने घोषणा गरेको छ ।

अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक क्वान्टसले विश्वको कुनै पनि सहरमा सिधा उडान गर्न सक्ने एयरबस ए ३५०-१००० जेटको नयाँ जहाज खरिद गरेको जनाएको छ ।

२०२५ को अन्ततिर सिड्नी-लन्डन पहिलो उडान हुने र सो उडान करिब २० घण्टाको हुने जनाइएको छ । यो यात्रु बहाक विमानको विश्वको लामो उडान हुने छ ।

सन् १९४७ मा सुरु भएको यो रुटमा एक पटकको उडानमा ५८ घण्टा लागेको थियो । जबकी सो उडान पूरा गर्न सात ठाउँमा रोकिनु परेको थियो ।

क्वान्टासले यो लामो दूरीको उडानका लागि एउटा परियोजना नै बनाएर करिब पाँच वर्षदेखि काम गरिरहेको छ, । तर कोभिड–१९ महामारीका कारण कार्यान्वयनमा ढिलाइ भएको छ ।

२०१८ मा पश्चिमी अष्ट्रेलियाको पर्थदेखि लन्डनसम्म १७ घण्टाको सीधा उडानका लागि प्रस्ताव गरिएको थियो । जसअनु्सार २०१९ मा अस्ट्रेलियाको पूर्वी तटबाट यूके र न्यूयोर्कको लागि परीक्षण उडानको श्रृंखला सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्