कलाकारको पार्टी प्रबेशको लहर, करीश्मा मानन्धर भन्छिन् - 'नम्बर वान पार्टी रोजे'
काठमाडौं – पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको राजनीतिक मोह बढ्दै गइरहेको छ । कलाकारहरु भटाभट विभिन्न पार्टीमा प्रबेश गर्न थालेका छन् । मंगलबार पनि अभिनेत्री श्वेता खड्का, अभिनेता भुवन केसी र रविन्द्र खड्का नेपाली कांग्रेसमा प्रबेश गरे ।
उनीहरुलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीमा स्वागत गरे । अभिनेत्री रेखा थापा पनि केही बर्षदेखि राप्रपामा छिन् ।
अभिनेत्री करिष्मा मानन्धर पनि केही समयअघि नेकपा एमालेमा प्रबेश गरिसकेकी छिन् । एमालेमा प्रबेश गरेपछि उनले नाम पनि फेरेकी छिन् । एमालेको चुनाव चिन्ह सूर्य हो । उनले आफ्नो न्वारनको नाम नै सूर्यकुमारी रहेको पनि बताइन् । सामाजिक सञ्जालमा पनि नाम सूर्यकुमारी नै राखिन् । कस्तो मिल्न गएको, उनको नाम सूर्यकुमारी एमालेको चुनाव चिन्ह पनि सूर्य ।
उनले फेसबुकमा सूर्यकुमारी राख्दा धेरैले व्यंग्य पनि गरे । मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमै एक स्टाटस लेखेकी छिन् । उनले आफूले पार्टि कडा छानिएको भन्दै एमालेको तारिफ गरेकी छिन् । उनले विचार र काममै नम्बर वान पार्टी छानिएको बताएकी छिन् ।
उनले लेखेकी छिन् - ओहो ! भनेपछि कडा पार्टी छानिएछ । पहिले पहिले आफ्नो क्षेत्रमा No.1 भएर हिडदा, राता अँखा पारेर हेर्नेबाट रक्षाका लागि Evil eyes लगाउनु पर्थ्यो । विचार र काममै No .1 पार्टी छानिएछ । Evil eye ले नभ्याउने भयो । अब रक्षाका निम्ति के लगाउने हो !! केही गर्नै पर्दो रहेनछ !!! पिरो बढी किन खायो भनेर अख्तियारमा उजुरी पर्ला फेरि !!!!
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:१३
प्रतिक्रिया दिनुहोस्