लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौँ– भिल्ला रियललाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलको दोस्रो लेगमा बुधबार राति लिभरपुलले भिल्ला रियलमाथि ३-२ गोलको संघर्षपूर्ण जित निकालेको हो ।
लिभरपुल समग्रमा ५-२ को नतिजासहित उपाधि नजिक पुगेको हो ।
पहिलो लेगमा लिभरपुलले २-० को जित निकालेको थियो । तर, दोस्रो लेगमा लिभरपुललाई जित निकाल्न निकै संघर्ष गर्नु पर्यो ।
खेलको ४१ औं मिनेटमा फ्रान्सिस कोक्विनलिन, खेलको ६२ औं मिनेटमा फाबिन्हो र खेलको ७४ औं मिनेटमा साडियो मानेले लिभरपुलका लागि १-१ गोल गरे ।
भिल्लाका लागि खेलको तेस्रो मिनेटमा बोउलाए डीया र ६७ औं मिनेटमा लुइस डियासले १-१ गोल गरे ।
यस्तै खेलको ८५ औं मिनेटमा इट्टिनेले रातो कार्ड पाएपछि भिल्ला १० खेलाडीमा समेटिएको थियो ।
अब उपाधिका लागि लिभरपुलले म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ ।