भारतको उत्तर प्रदेशमा १३ वर्षीया बालिकामाथि प्रहरी अधिकारबाटै चौकीमा बलात्कार
काठमाडौँ– भारतको उत्तर प्रदेशस्थित ललितपुरमा एक १३ वर्षीया बालिकामाथि प्रहरी चौकीमै बलात्कार भएको छ ।
मध्य प्रदेशको राजधानी भोपालमा चार जना युवकले सामूहिक बलात्कार गरेपछि ललितपुरको प्रहरी चौकीमा पुगेकी बालिकामाथि चौकीका प्रहरी प्रमुख तिलकधारी सरोजले नै बलात्कार गरेको आरोप लगाइएको छ ।
उक्त घटनामा बालिकाकी सानिमासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । ललितपुरका प्रहरी उपरीक्षक (एसपी) का अनुसार बलात्कार आरोप लागेका प्रहरी अधिकारी भने फरार छन् । उनलाई प्रहरीले खोजी गरिरहेको बताए ।
प्रहरीमा परेको उजुरीमा बालिकाकी आफ्नै सानिमाको संलग्नतामा उनीमाथि यौन हिंसा भएको आरोप लगाइएको छ । यो घटना गत अप्रिल महिनाको हो ।
३० अप्रिलमा एक गैरसरकारी संस्थाले ती बालिकालाई आश्रय दिएको थियो । सो संस्थामा पुगेपछि परामर्शका क्रममा बालिकाले आफूमाथि भएको यौन हिंसाबारे बताएकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:०८
प्रतिक्रिया दिनुहोस्