Nic Ad Nic Ad
Nic Ad Nic Ad

जय पृथ्वीबहादुर सिंहका केही अमर वाणीहरु

शुक्रबार, मंसिर ९, २०७९
१) पूर्वले आफ्नो मौलिकता गुमाइसकेको प्रतीत हुन्छ । यसले पश्चिमको राम्रो नराम्रो निसङ्कोच नक्कल गरेको छ । २) पश्चिमी सभ्यता अगुवा हो भने त्यसमा खोट छ भन्ने मलाई लागेको छ । नक्कलले अनियन्त्रित रुप नलिँदै यसमा पुनर्विचार गर्न संसारभरका शान्तिका पुजारीलाई सक्रिय हुन मद्दत गर्नुपर्छ । राष्ट्रहरुका आदर्शलाई प्रभावित पार्नेदेखि व्यापक जनसमुदायको मानसिकता परिवर्तन गर्न जरादेखि हाँगासम्म सुधार हुनुपर्छ । ३) केटाकेटीहरु अपरिपक्व युवा समूह हुन् । मनसाय प्रेरित उल्क्याहाले फेला पारी उल्क्याए भने ती ज्वलनशलि पदार्थ बन्छन्, सज्जन र सक्षमबाट परिचालित भए अमूल्य सामाजिक सम्पत्ति बन्नेछन् । ४) उपद्रो मच्चाउने अर्काे तत्व भीड हो । भीडका क्रियाकलापले गर्दा भीडतन्त्र भन्ने नाम कमाइसकेको छ । भीड बढ्न थालेपछि हिंसा पनि बढ्न थालेको छ । ५) हरेक धर्मका गुनवैगुन दुवै हुन्छन् । मैले हाम्रो धर्मका आधारभूत सिद्धान्तको उल्लङ्घन नहुने गरी मानवजातिको साझा हितका लागि अन्य आस्था र धर्मका मानिसहरुसँग हामीले हातेमालो गर्नेतर्फ सोचविचार गर्नु उपयुक्त ठानेको छु । ६) मानिसले आजसम्म जे जति प्रगति गरेको छ, त्यो एकता र सहयोगकै परिणाम हो । यसैगरी मानवीय सभ्यतालाई पछाडि धकेल्ने जे जति काम भएका छन्, ती पनि मानिसका पाशविक र आक्रमणकारी प्रकृतिका परिणाम हुन् । ७) अब त बहुमतले जे चाह्यो त्यही हुन्छ । यो तथ्य राष्ट्रहरुलाई निशस्त्र गर्ने र युद्धविराम गर्ने कुरामा पनि लागू हुन्छ । जतिसुकै कानुन बनाए तापनि जबसम्म मानिसहरु शान्तिप्रिय हुँदैनन् तबसम्म शान्ति कायम हुन सक्दैन । साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार