टी-२० सिरिज : जिम्बाब्बे ए ले नेपाललाई दियो १३७ रनको लक्ष्य
काठमाडौं – टी-२० सिरिज अन्तर्गत भएको खेलमा जिम्बाब्बे ए ले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पहिले बलिङ गरेको थियो ।
पहिला ब्याटिङ शुरु गरेको जिम्बाब्बेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाउन सक्यो । खेलमा जिम्बाब्बे ए का रोय कियाले सर्वाधिक ४९ रन, ओपनर टाडिवान्से मारुमानी २७ त र ओपनर इनोसेन्ट कियाmे १४ रन बनाए ।
नेपालको वलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चिए । सोमपाल कामी र बसिर अहमदले समान एक विकेट लिए ।
जिम्बाब्बे ए विरुद्ध पहिलो टी २० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण स्थगीत भएपछि अंक बाँडेको थियो ।
नेपाली टिममा सन्दीप लामिछाने (कप्तान) , आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, मोहमद आदिल आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा र बसिर अहमद रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:५५
प्रतिक्रिया दिनुहोस्