नेप्से परिसूचक ३१ अंकले घट्यो
काठमाडौं– साताको चौथौ दिन बुधबार सेयर बजार घटेको छ । । बुधबार नेप्से परिसूचक ३१.७६ अङ्कले घटेर २ हजार २७५.६८ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३३ कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब २६ करोड ९२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको ४ करोड ५८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ३ सय ८९ रुपैयाँ १० पैसा कायम भएको छ। त्यसपछि क्रमश स् हिमालयन डिस्टिलरी र नबिल बैंकको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ । आज नेप्सेमा जल्पा सामुदायिक लघुवित्त र बरुण हाइड्रोपावरका लगानीकर्ताले अधिक कमाएका छन् भने ग्रीन भेञ्चर र युनियन हाइड्रोपावरका लगानीकर्ताले अधिक गुमाएका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:४२
प्रतिक्रिया दिनुहोस्