Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थतन्त्रबारे होशियार बनौं, श्रीलंकासँग तुलना गरेर अतिरञ्जना नगरौं : स्वर्णिम वाग्ले

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो नभए पनि अर्थतन्त्र बिगार्न श्रीलंकन शासकीय चरित्र नेपालमा पनि रहेको बताएका छन् ।

यद्यपि, मुलुकको अर्थतन्त्रमा देखिएको समस्या श्रीलंकाको जस्तो नभएको उनले स्पष्ट पारे । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार आयोजना गरेको नेपालको अर्थतन्त्र सम्बन्धित कार्यक्रममा उनले भने, ‘तिर्न नसक्ने ऋण र पुनः फर्काउन नसक्ने गरी भएको घाटा श्रीलंकाको हो, तर, त्यस्तो स्थिति हाम्रोमा छैन’, उनले भने ।

सार्वजनिक ऋण र विदेशी मुद्रा सञ्चितीको समस्या खप्टिँदा श्रीलंका आर्थिक संकटमा परेको बताउँदै उनले त्यस्तो नीति हाम्रोमा लागु नहुने बताए । ‘कुशासन र नीगित कच्चापन हुँदा श्रीलंका ऋणमा फस्यो । त्यसको प्रमुख कारण भनेको राजनीतिक नेतृत्वले हचुवाको भरमा नीतिगत निणर्य गर्‍यो । हाम्रोमा श्रीलंकाको जस्तो कुशासन र नीतिगत कच्चापन चर्कन त पाएको छैन’, उनले भने ।

उनले सन् २०१९ मा कर प्रणालीमा गरेको गलत ‘सुधार’ र अनावश्यक रूपमा ऋण लिएर ठूला पूर्वाधारमा गरेको उच्च लगानीले श्रीलंकालाई आजको अवस्थामा ल्याएको उनले दावी गरे । ‘हाम्रो अर्थतन्त्रमा संकट आएको छैन । श्रीलंकासँग तुलना गर्न नै मिल्दैन’ उनले थपे, ‘तर, सार्वजनिक ऋण र विदेशी मुद्रा सञ्चितीमा चाप भने छ ।’ उनले श्रीलंकाले एमसीसी अस्वीकार गर्दा थप समस्या बढेको पनि बताएका छन् । नेपालले स्वीकार गरेर बुद्धिमता प्रदर्शन गरेको तथा यसका लागि सञ्चारमाध्यमले समेत महत्वपूर्ण भूमिका खेलेको उनले बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:१२
प्रतिक्रिया दिनुहोस्