Nic Ad Nic Ad
Nic Ad Nic Ad

जिम्बाब्वे ए नेपालसँग ८ विकेटले पराजित, नेपालको पहिलो जित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नेपालले जिम्बाब्वे ए टोलीलाई हराउँदै पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले जीम्बाब्वे ए टोलीलाई ८ विकेटले पराजित गरेको हो । १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । नेपालको जितमा आसिफ शेखले ८७ र कुशल भुर्तेलले ३४ रन जोडे । ५४ बलमा १३ चौका र १ छक्का प्रहार गरी ८७ रनको योगदान गरे । कुशल भुर्तेलले भने २६ बलमा २ चौका र २ छक्का प्रहार गर्दैँ ३४ रन जोड्न सफल भए । टस जितेर पहिले नेपालले फिल्डिङ रोजेसँगै जिम्बाब्वले ब्याटिङको निम्तो पायो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनायो । जिम्बाब्वेलाई उच्च योगफल बनाउनबाट रोक्न नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामीले र बसिर अहमदले १–१ विकेट लिए । यस्तै, दुई देशबीच हुने ३ खेलको एक दिवसीय सिरिजमध्ये पहिलो वैशाख २३ गते हुनेछ । दोस्रो एक दिवसीय खेल वैशाख २४ गते र तेस्रो वैशाख २६ गते हुनेछ । सिरिजअन्तर्गतको आइतबार पहिलो टी–ट्वान्टी खेलमा नेपाल जीम्बाब्वे ए टोलीसँग ६ विकेटले पराजित भएको थियो । सोमबार भएको खेल भने निरन्तर वर्षाका कारण रद्द भएको थियो । अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ए टोलीसँग सिरिज खेल्न लागेको हो । तयारी सिरिजमा नेपाली र जिम्बावेबीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:१४
प्रतिक्रिया दिनुहोस्