Nic Ad Nic Ad
Nic Ad Nic Ad

अभिनेत्रीलाई गन्ध आउँछ भनेर प्याज खाएर सुटिङमा जान्थे धर्मेन्द्र

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - बलिउडका सदाबहार अभिनेता हुन् धर्मेन्द्र । लामोसमयदेखि बलिउडमा राज गर्दै आइरहेका धर्मेन्द्र एक राजनीतिज्ञ पनि हुन् । हाल राजनीतिमा सक्रिय रहेका उनको अभिनय दर्शकले निकै रुचाउने गरेका छन् । उनका केही रोचक कहानी पनि छन् । उनीसँग जोडिएको धेरै किस्सा र कथा आज पनि सुनिने गरिन्छ । यहाँ धर्मेन्द्रसँग जोडिएको एउटा किस्सा छ । यो किस्सा सन् १९६६ को हो । त्यस बेला रिलिज भएको फिल्म ‘आए दिन बहार’को सुटिङको समयमा भएको अनौठो कुरा धर्मेन्द्रले एक टेलिभिजन शोमा सुनाएका छन् । त्यस समयको हिट फिल्ममा पर्ने यो फिल्ममा धर्मेन्द्रको अपोजिटमा अभिनेत्री आशा पारेख थिइन् । त्यस बेला आशालाई धर्मेन्द्रले जुबली पारेख भनेर बोलाउँथे । किनकि आशा कोही पनि अभिनेतासँग काम गर्दा त्यो फिल्म हिट हुन्थ्यो । फिल्मको सुटिङ सकिएपछि धर्मेन्द्र फिल्मका निर्देशक तथा अन्य सदस्यसँग रातिसम्म नै मदिरा पिउँने गर्थे । राति मदिरा पिउने र बिहान सुटिङ जाने उनको धेरैजसो हुन्थ्यो । बिहान सुटिङमा जानुपर्ने हुनाले मुखमा गन्ध नआओस् भन्नका लागि उनी प्याज खान्थे । एकपटक आशाले धर्मेन्द्रको मुखबाट मदिराको गन्ध आउँछ भनेपछि उनले आफ्नो समस्या सुनाएँ । त्यसपछि आशाले सम्झाएपछि धर्मेन्द्रले मदिरा पिउन छोडेका थिए।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:०६
प्रतिक्रिया दिनुहोस्