महायोगी पाइलट बाबाका केही अमर वाणीहरु
१) सम्भोगको आनन्दको सीमा त थकावट हो, निराशा हो । ऊर्जाको विकेन्द्रीकरण हो । यो त तेस्रो ऊर्जाको निर्माणमा संलग्न छ । जो आफूजस्तै स्वरुपको निर्माणमा समर्पित छ । सम्भोग त अधोगति हो, यसले समाधितर्फ लाग्न सक्दैन । सम्भोगको क्षणको आनन्द सत्चित् आनन्द हुन सक्दैन ।
२) समाधि बीजतर्फको यात्रा हो र सम्भोग बीजबाट वृक्ष बन्ने प्रक्रिया हो । जसले वृक्ष बनाउँछ, त्यसले समाधितिर कसरी लान सकिन्छ ?
३) प्रेम एक मार्ग हो । यो कतैबाट आउँछ र निस्किएर उहीँ फर्किन्छ । प्रेम अनन्तबाट आउँछ अनन्ततर्फ फर्किन्छ । प्रेम मात्र चर्चाको विषय होइन । यो त अनुभवको खजना हो । प्रेम गर्न सकिन्न, प्रेम हुन्छ ।
४) तिमी पूजा पाठ नगर, यो त तिमी भएका कारण गर्दछौ । भगवानको प्रेममा होइन । तिमी तीर्थ जान्छौ र क्लबमा पनि । तिमी गंगास्नान गर्दछौ र नशा पनि पिउँछौ । तिमी अर्काको खोस्दछौ र दान पनि गर्दछौ । यो सब प्रेमको भाषा होइन । यो तिम्रो धर्म हो जसले तिम्रा डरको ओखतीको काम गर्दछ ।
५) प्रेमपूर्ण थप्पड सृजनात्मक छ भने क्रोधको थप्पड विनाशको कारण । माताको प्रेमको थप्पडले निर्माणको दिशामा सहयोग दिन्छ भने क्रोधको थप्पडले मेटिने मार्ग बन्दछ । हात उही हो, प्रवाह उही इनर्जी उही हो तर भावको प्रवाहमा अन्तरले भिन्न भिन्न काम गर्छ ।
६) जन्म छ, मृत्यु छ समाधि छ । जन्मका साथ मन छ, मृत्युका साथ हृदय छ र आत्माको साथमा सामधि छ ।
७) अहिले म बलेर तिमीलाई सल्काउन चाहन्छु । मेरो दीपको अग्निशिखा तत्पर छ सल्काउनका निम्ति । म गुरु बनेर यात्रामा हिँडेको छु । अब तिमीले जाग्नु छ । तिमी सबले बल्नु छ । भोली तिमी सबैले गुरु बनेर अरुलाई बाल्नु छ ।
८) पदार्थ र ऊर्जा । ऊर्जा र पदार्थ सिवाय विज्ञानले के पायो ?
साभार: ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:०१
प्रतिक्रिया दिनुहोस्