Nic Ad Nic Ad
Nic Ad Nic Ad

जिम्बावेविरुद्ध नेपालको फितलो प्रदर्शन

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– पाहुना टोली जिम्बावे 'ए' विरुद्धको पहिलो एकदिवसीयमा नेपालले फितलो प्रदर्शन गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको सुरुवाती प्रदर्शन कमजोर रहेको छ ।

नेपालका ओपनरद्वार कुशल भर्तेल र आशिफ शेख लामो समय क्रिजमा टिक्न सकेनन् । कुशल र आशिफले २२ रनको साझेदारी गर्दा नेपालले पहिलो विकेट गुमायो । कुशल १९ रन बनाएर पभिलियन फर्के । दोस्रो विकेटको रुपमा आशिफ ५ रन बनाएर आउट भए । त्यसपछि आएका आरिफ शेख पनि टिक्न सकेनन् । उनी पनि ५ रन बनाएर क्याच आउट भए ।

दीपेन्द्र सिंह १८ रन बनाएर चौथो विकेटको रुपमा बाहिरिँदा रोहित पौडेल ३ रनमै एलबीडब्लु धरापमा परे ।

यो समाचार तयार पार्दासम्म नेपालले १० ओभर ४ बलमा ५ विकेट गुमाइसकेको छ । यसक्रममा नेपालले मात्र ६६ रन बनाएको छ । अहिले सोमपाल कामी र मोहम्मद आदिल आलम खेलिरहेका छन् ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेलिरहेको हो।

यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।

नेपालको सुरुआती-११

कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, मोहमद आदील आलम, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, सुशन भारी, सागर ढकाल

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:३५
प्रतिक्रिया दिनुहोस्