घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ शुक्रबारको विनिमय दर
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
शुक्रबार अमेरिकी डलर एकको खरिद दर २५ पैसाले घटेर १२१ रुपैयाँ ७२ पैसा र बिक्री दर १२२ रुपैयाँ ३२ पैसा पुगेको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १२१ रूपैयाँ ९७ पैसा र बिक्रीदर १२२ रूपैयाँ ५७ पैसा पुगेको पुगेको थियो ।
युरोपियन युरो एकको खरिददर १२९ रूपैयाँ ०६ पैसा र बिक्रीदर १२९ रूपैयाँ ७० पैसा रहेको छ ।
त्यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ८८ रूपैयाँ ३६ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ५३ पैसा र बिक्रीदर ९६ रूपैयाँ ०१ पैसा कायम गरिएको छ।
आज साउदी अरेबियन रियाल एकको खरिददर ३२ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रूपैयाँ ६१ रहेको छ । कतारी रियाल एकको खरिद दर ३३ रूपैयाँ ३७ पैसा र बिक्रीमा ३३ रूपैयाँ ५४ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर आज ३३ रूपैयाँ १४ पैसा र बिक्रीदर ३३ रूपैयाँ ३० पैसा कामय छ। मलेसियन रिंगिट एकको खरिददर भने २७ रूपैयाँ ९९ पैसा र बिक्रीदर २८ रूपैयाँ १३ पैसा पुगेको छ।
आज कुवेती दिनार एकको खरिददर ३९७ रूपैयाँ १५ पैसा र बिक्रीदर ३९९ रूपैयाँ ११ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर भने ३२२ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३२४ रूपैयाँ ४६ पैसा कामय छ।
नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। तर भारतीय मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुन्छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्।