Nic Ad Nic Ad
Nic Ad Nic Ad

निजी विद्यालयको मनोमानीमाथि दिल्ली सरकारको अंकुश

बिहीबार, मंसिर ८, २०७९
काठमाडौंँ– भारतको दिल्लीमा निजी विद्यालयहरुको मनोमानीमाथि सरकारले अंकुश लगाएको छ । शिक्षा निर्देशनालयले एक आदेश जारी गर्दै राजधानी दिल्लीका निजी विद्यालयहरुले आफूले तोकेको पसलबाट मात्रै किताब, स्टेशनरी सामान तथा युनिफर्म किन्न बाध्य पारेकोमा अबदेखि त्यसो नगर्न भनिएको छ । बिहीबार जारी आदेशमा निजी विद्यालयहरुले आफूले भनेकै स्थानबाट किताब तथा युनिफर्म लगायतका सामान किन्न अभिभावकमाथि दबाब दिन नपाउने उल्लेख गरिएको छ । आदेशअनुसार अब अभिभावकले आफूले चाहेको कुनै पनि पसलबाट आवश्यक सामान किन्न पाउने छन् । निजी विद्यालयहरुले विद्यार्थी र अभिभावकमाथि आफूले भनेकै पसलबाट आवश्यक सामान किन्न बाध्य बनाउँदै आएका थिए । दिल्लीका उप मुख्यमन्त्री मनिष सिसोदियोले ट्वीट गर्दै दिल्लीका निजी विद्यालयले अब अभिभावकलाई आफ्नै पसलबाट किताब तथा युनिफर्म किन्न बाध्य पार्न नसक्ने उल्लेख गरेका छन् । अब प्रत्येक विद्यालयले आसपासमा रहेका कम्तिमा पाँच वटा पसलको सूची जारी गर्नु पर्ने नियम लागू गरिएको छ । नियमअनुसार, किताब, युनिफर्मलगायतका सामग्री खरिदका लागि विद्यालयले पाँच वटा पसलको सूची जारी गर्नु छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार