Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल ३ विकेटले पराजित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - जिम्बावे ’ए’ ले नेपाललाई पहिलो एक दिवसीय क्रिकेटमा ३ विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ‘ए’ ले २६ ओभरमा पूरा गरेको हो । जिम्बावेका लागि ओपनर इनोसेन्ट कायले नटआउट रहँदै सर्वाधिक ४८ रन बनाए । त्यस्तै सेफास झुवाओले ३२ रन बनाउँदा रोय कायाले १४ रन बनाए । त्यस्तै ब्राड इभान्सले नटआउट रहँदै १७ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए । त्यस्तै सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३१.३ ओभरमा अलआउट हुँदै १३६ रनमा समेटिएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । त्यसतै कुशल भुर्तेल १९, दीपेन्द्रसिंह ऐरी १८ र करण केसीले २५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । जिम्बावेका लागि ब्राड इभान्सले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सेफास झुवाओ, ब्रान्डन माभुटा र भिक्टर न्यायुचीले समान २/२ विकेट लिए । जिम्बावेको ‘ए’ टिम नेपालमा तीन ट्वान्टी-२० र तीन एकदिवसीय शृंखला खेल्न आएको हो । तीन ट्वान्टी-२० शृंखलामा जिम्बावेले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेल वर्षाका कारण रद्द गरिएको थियो । तेस्रो खेलमा भने नेपालले जिम्बावे ’ए’ लाई ८ विकेटले हराएको थियो । जिम्बावेको कुनै पनि टोली नेपालमा आएर पहिलो पटक खेलिरहेको छ । टोनी मुनिओङ्गाको कप्तानीमा रहेको जिम्बावे ‘ए’ को प्रशिक्षकमा पूर्व टेस्ट खेलाडी डगलस होन्डो छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:३४
प्रतिक्रिया दिनुहोस्