Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको इन्दौरस्थित एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– भारतको मध्य प्रदेशको इन्दौरमा दुई तले भवनमा आगलागी हुँदा जलेर सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिल तथा एक पुरुष रहेका छन् । इन्दौरको स्वर्ण बाग कोलोनी क्षेत्रमा भएको उक्त आगलागीमा परेका नौ जनालाई भने उद्दार गरिएको प्रहरी अधिकारीलाई उद्धृत गर्दैै बीबीसी हिन्दीले जनाएको छ । केहीले भने भवनबाट हामफालेर ज्यान बचाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रत्यक्षदर्शीले शनिबार बिहान ४ देखि ५ बजेको बीचमा उक्त आगलागी भएको बताएका छन् । विद्युत सर्टका कारण आगलागी भएको अधिकारीहरुले बताएका छन् । अग्नि नियन्त्रक पुग्नु भन्दा अगाडि स्थानीयबासीले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले ट्वीट गर्दै घटनाप्रति दुख व्यक्त गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार