नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रममा गर्दै गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेको हो ।
युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराज, राखेपका सदस्यसचिब टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइराला लगायतले लोगो र मस्कट सार्वजनिक गरे।
यस्तै नवौंको नारा समेत सार्वजनिक गरिएको छ । 'एकताबद्ध देश, खेलकुदको सन्देश' नारा रहेको छ ।
लोगो र मस्कट खुल्ला छनोट खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । नारा सुयोग्य राज काफ्लेले रचना गरेका हुन् ।
लोगो डिजाइन गरेका भोलानाथले पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै मस्कट डिजाइन गरेवापत उनले २५ हजार पाए । नारा बनाउने काफ्लेले १० हजार प्राप्त गरे ।
लोगो, मस्कट र नारा छनोटका लागि राखेपले एकेन्द्र कुँवरको संयोजकत्वमा कमिटि गठन गरीएको थियो ।
नवौं जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ । यस्तै दुई प्रर्दशनी खेलको रुपमा रहेको छ ।