Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको उत्तर प्रदेशमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– भारतको उत्तर प्रदेशस्थित यमुना एक्सप्रेस–वे (सडक खण्ड) मा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक बच्चा रहेका छन् । मृत्यु हुनेमा तीन पुरुष, तीन महिला र एक बच्चा रहेका छन् । उनीहरु सबैको दुर्घटनास्थलमै मृत्यु भएको हो । नौहझिल थाना क्षेत्र, यमुना एक्सप्रेस वेको माइलस्टोन ६८ मा उक्त दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय प्रहरीका एसपी श्रीश चन्द्रले शनिबार बिहान मथुरा–यमुना एक्सप्रेस वेमा एउटा कार एक अज्ञात सवारी बहानसँग ठोक्किएको बताएका छन् । सवारी दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । मोदीले ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार