आईपीएलः पन्जाब किङ्स पराजित
मुम्बई– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्र्तगत आज भएको खेलमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई ६ विकेटले हराएको छ ।
यो जितसँगै राजस्थान तेस्रो स्थानमा उक्लेको छ ।
शनिबार मुम्बईमा भएको खेलमा पन्जाबले जितका लागि दिएको १९० रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
राजस्थानलाई जित दिलाउन योजश्वी जैशवालले ६८ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे । राजस्थानका जस बट्लरले ३० रन बनाउँदा देव दत्त पाडिकल र सिमरोन हेटमायरले समान ३१र३१ रन बनाए ।
बलिङतर्फ पन्जाबका लागि अर्शदीप सिंहले दुई विकेट लिए । त्यस्तै कगिसो रवाडा र ऋसि धावनले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।
पन्जाबका लागि जोनी बेरिस्टोले ५६ रनको अर्धशतकीय पारी खेले । ४० बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै जितेर शर्माले नटआउट ३८ रन बनाउँदा लिम लिभिन्सोटनले २२ रनको योगदान गरे ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:०२
प्रतिक्रिया दिनुहोस्