Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानमा गहुँको अभाव भएपछि आयात बढाउन प्रधानमन्त्री निर्देशन

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– पाकिस्तानमा गहुँ र गहुँजन्य वस्तुको अभाव भएको छ । कृषि प्रधान देश भए पनि गलत निर्णय र ढिलासुस्तीका कारण गहुँको अभाव भएको हो ।

गहुँ र गहुँजन्य वस्तुको अभाव पूर्ति गर्न प्रधानमन्त्री शेहबाज सरिफले खरिद बढाउन निर्देशन दिएका छन् ।

खाद्यान्न अभाव हुन नदिन आवश्यक मात्रामा आयात गर्न प्रधानमन्त्री सरिफले खाद्य सुरक्षा अधिकारीहरूलाई आग्रह गरेको समाचार संस्था एएनआईले जनाएको छ ।

पाकिस्तानबाट अवैधरूपमा गहुँ अन्तै गएको तर स्वदेशमा अभाव देखिएको विवरणमा तस्करी तत्काल रोक्न पनि उनले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री सरिफले गहुँ भण्डारण गर्न उत्पादन नीतिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । पाकिस्तानमा यस वर्ष गहुँ अनुमानित खपत ३० दशमलव ७९ मिलियन टन हुने रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्