बलिउड अभिनेता फरहान अख्तरले हलिउडमा डेब्यु गर्दै
काठमाडौं - बलिउडका चर्चित अभिनेता फरहान अख्तरले हलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । हालसम्म धेरै फिल्ममा काम गरिसकेका फरहानले हलिउडमा पहिलो पटक पाइला टेक्न लागेका हुन् ।
उनले हलिउड सिरिज ‘मिस मार्भल’ मा अभिनय गर्ने भएका हुन् । फिल्ममा उनको भूमिका भने खुलाइएको छैन । यसमा अरामिसा नाइट, सागर शेख, ऋष शाह, जेनोबिया श्राफ, मोहन कपुर लगायतको अभिनय रहने बताइएको छ ।
उनले हलिउडमा पहिलोपटक अभिनय गर्ने हुनाले यस फिल्मलाई चासोका साथ हेरिएको छ । आगामी ८ जुनमा मिस मार्भल प्रिमियर हुने बताइएको छ । अहिले उनी कटरिना, प्रियंका, आलिया अभिनित फिल्म जि ले जरा मा निर्देशन गरिरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:१७
प्रतिक्रिया दिनुहोस्