विद्यालयमा भएको बम आक्रमणमा ६० जनाको मृत्यु : जेलेन्स्की
काठमाडौँ– युक्रेनको पूर्वी क्षेत्रस्थित एक विद्यालयमा रुसी सेनाले गरेको बम आक्रमणमा ६० जनाभन्दा बढीको ज्यान गएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
यसअघि लुहान्स्क क्षेत्रका गभर्नरले ९० जनाले आश्रय लिरहेको उक्त भवनबाट ३० जनालाई भने उद्दार गरिएको बताएका थिए । शनिबार रुसी जहाजले बम खसालेको उनले बताए । तर उक्त आक्रमणबारे रुसले भने केही प्रतिक्रिया दिएको छैन ।
गभर्नरले रुसी फौजहरूले पोपसाना नगरमा सबैकुरा ध्वस्त बनाइदिएको र युक्रेनी फौजहरू फिर्ता भएको बताए ।
लुहान्स्क सहरमा पछिल्लो समय भारी संघर्ष भइरहेको बताइएको छ ।
डोनबास क्षेत्र कब्जा गर्ने आफ्नो प्रयास अन्तर्गत त्यहाँ रुसले निरन्तर गोलाबारी गरिरहेको थियो।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:५९
प्रतिक्रिया दिनुहोस्