सुन प्रतितोला एक सय रुपैयाँले बढ्यो
काठमाडौं– सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा १०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य तोलाको १२ सय ८५ रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:४४
प्रतिक्रिया दिनुहोस्