भारतमा थप ३२ सय सात जनामा कोरोना संक्रमण, २९ को मृत्यु
नयाँदिल्ली - भारतमा पछिल्लो २४ घण्टामा थप ३२ सय सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोनाबाट थप २९ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार थप ३,४१० जना कोरोनामुक्त भएका छन् ।
भारतमा हाल कोरोना सक्रिय संक्रमितको संख्या २० हजार ४०० रहेको छ । कोरोना संक्रमण दर तीव्र बढेपनि अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या न्युन रहेको मन्त्रालयले जनाएको छ ।
भारतका पाँच राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको बताइएको छ । दिल्ली, महाराष्ट्र, कर्नाटक, राजस्थान, उत्तर प्रदेश र केरलामा संक्रमण दर उच्च पाइएको हो । सबैभन्दा एक्टिभ केस दिल्लीमा छन् । स्वास्थ् मन्त्रालयका अनुसार दिल्लीमा मात्रै ६ हजार बढी एक्टिभ केस छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:५८
प्रतिक्रिया दिनुहोस्