Nic Ad Nic Ad
Nic Ad Nic Ad

ताइवानको पूर्वी तटमा गयो शक्तिशाली भूकम्प

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प गएको छ । सोमबार पूर्वी तटमा केन्द्रबिन्दु रहेर ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प जाँदा ताइपेइका भवन तथा संरचनाहरू हल्लिएका थिए । भूकम्पबाट केकस्तो क्षति भयो भन्ने विवरण सार्वजनिक भएको छैन । उक्त भूकम्पको गहिराई २७ दशमलब ५ किलोमिटर रहेको र ताइवानभर महसुस गरिएको जनाइएको छ । दुई टेक्टोनिक प्लेटको सँगमनजिकै रहेको ताइवान भूकम्पको जोखिममा रहेको छ । यसअघि पनि सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा एक सय जनाभन्दा बढीको मृत्यु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्