नक्कली अगरबत्तीदेखी साबधान रहन कंचनजंगा अगरबत्तीको आग्रह
काठमाडौँ– सावित्री कंचनजंगा अगरबत्तीद्वारा उत्पादित ‘कंचनजंगा’ ब्राण्ड जस्तै नाम, बट्टा र डिजाईन देखिने नक्कली अगरबत्तीहरू बजारमा छ्यापछ्याप्ती बिक्री भइरहेका छन्। झट्ट हेर्दा रङ, प्याकेजिङ, डिजाइन, र नाम छुट्याउनै नसकिने गरी बिभिन्न अगरबत्तीहरू बजारमा उपलब्ध छन्।
नेपाली बजारमा सावित्री कंचनजंगा अगरबत्तीको बजार निकै ठूलो छ। यसैलाई नक्कल गरी बजारमा अगरबत्ती बनाएर राजधानी लगायत देशका अन्य बजारमा बिक्री गर्दा झुक्काएर बेच्न सजिलो हुनेहुँदा बडी मात्रामा यही ब्रान्डको नक्कल गरी बिक्री गरिएको पाइएको हो।
बाहिरबाट हेर्दा उस्तै देखिने अगरबत्तीसँग सावधान भई सावित्रीको लोगो भएको ‘साबित्रीको कंचनजंगा अगरबत्ती आइ एस ओ ९००१ः२०१५ सर्टीफाईड नै प्रयोग गर्न कम्पनीका प्रबन्धक पुस्कर केसीले आग्रह गरेका छन् ।
अहिले सावित्री कंचनजंगा अगरबत्तीमा कंचनजंगा लगायत ५० भन्दा बढी अलग–अलग प्रकारका सुगन्धित ब्राण्डका अगरबत्ती उत्पादन भइरहेका छन् ।
पुर्व देखी पश्चिम सम्म उपलब्ध यस अगरबत्ती छोटो समयमै नेपालकै अग्रिणी अगरबत्ती ब्राण्डको रुपमा स्थापित भएको कम्पनीको दाबी रहेको छ । सावित्री कंचनजंगा अगरबत्तीले उत्पादन गरेका हरेक ब्राण्डहरु गुणस्तरिय भएकै कारणले यसका विभिन्न ब्राण्डका अगरबत्तीहरू अहिले विभिन्न देशहरुमा बजार विस्तार गर्न अनी प्रिय बन्न सफल भएका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:४४
प्रतिक्रिया दिनुहोस्