Nic Ad Nic Ad
Nic Ad Nic Ad

जिम्बाबे 'ए'द्वारा नेपाललाई २१४ रनको लक्ष्य

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा जिम्बाबे 'ए' ले नेपाललाई २ सय १४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा टस जितेर नेपालका कप्तान सन्दीप लामिछानेले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको जिम्बाबे अन्तिम ओभरमा २ सय १३ रनमा अलआउट भएको हो । जिम्बाबे ए का ताडिवानाशे मारुमानीले ५०, कुट्जाई माउन्जेले ३९ र राेय कायाले ३६ रन बनाए । नेपालका किशोर महतोले  ७ ओभरमा एक मेडन राख्दै ४३ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए । यस्तै सोमपाल कामीले २ तथा करण केशी र दिपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । विहान ९ः३० बजे नै शुरु हुने तय भएको खेल मैदान भिजेका कारण ढिलो मात्र शुरु हुने भएपछि खेल ३३ ओभरमा छोट्याइएको हो । तीन खेलको सिरिज १–१ को बराबरीमा छ । पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले र दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२४
प्रतिक्रिया दिनुहोस्