क्यानाडाका प्रधानमन्त्री र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच यस्तो भयो सहमती
किभ - क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रयुडेउ युक्रेन पुगेका छन् । उनी आइतबार युक्रेन पुगेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री ट्रयुडेउले आइतबार नै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता पनि गरेको बताइएको छ ।
उनीहरुका बीचमा युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको थियो । त्यस अवसरमा क्यानाडाले युक्रेनलाई गर्ने सहायताका बारेमा कुराकानी भएको थियो । त्यसक्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले रुसका विरुद्धमा थप नाकाबन्दीका लागि आग्रह गरेका थिए ।
साथै राष्ट्रपति जेलिन्स्किीले क्यानाडासँग युक्रेनका लागि थप सैन्य तथा अन्या मानवीय सहायता सामग्रीहरुको माग गरेका थिए । त्यस अवसरमा क्यानाडाली प्रधानमन्त्रीले युक्रेनका लागि थप सैन्य सहयोग र अन्य आर्थिक सहायतासम्बन्धी प्याकेजको पनि घोषणा गरेको समाचारमा जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:५८
प्रतिक्रिया दिनुहोस्