एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर
काठमाडौं– एनसेल आजियाटा लिमिटेडले स्थानिय चुनावलाई ध्यानमा राख्दैआकर्षक बोनस डेटाअफर ल्याएको छ।
यस अफरमा ग्राहकले एनसेल एप मार्फतआफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन्।
यो अफर वैशाख २ ३गतेबाट लागू भईसकेको छ।जस अन्तर्गत एनसेलएपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमकोआधारमा बोनस डेटा पाउँछन्।
एप मार्फत रु ५० देखि रु९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउँछन्।रु १०० देखिरु १९९ सम्मको रिचार्जमा ३ दिन समयसीमा भएको २००एमबी डेटा पाउँछन्।त्यसैगरी रु २०० वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ५०० एमबी डेटा पाउँछन्।
नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक रअल–नेट भ्वाइसप्याकले ग्राहकहरूलाई सुलभ दरमा डेटा रभ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ।
डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बो प्याक रहेकोछ जसमा ५ जीबी डेटा भोल्युम र १०० मिनेट अलनेट टकटाइम पाइन्छ।यसमा पाइने टकटाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ। करसहित रु १६८ पर्ने यो प्याक एष्ट्रिक्स ७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरि सजिलै लिन सकिन्छ।
भ्वाइस सेवामात्र चाहिने ग्राहकहरूले मात्र रु ९४ मा ७ दिनका लागि मान्य १५० मिनेटको अलनेट भ्वाइसप्याक लिन सक्छन्।एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ एष्ट्रिक्स ३ ह्यास डायल गरि यो भ्वाइसप्याक लिन सक्छन्।
दैनिक रूपमा डेटा चाहिने प्रिपेड ग्राहकहरूका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि रहेकोछ।यसमा ग्राहकले मात्र रु१२९ मा ७ दिनका लागि दैनिक १ जीबी डेटा भोल्युम लिन सक्छन्।
एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरि ग्राहकहरूले यो प्याक सुचारु गर्न सक्छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०९:१०
प्रतिक्रिया दिनुहोस्