केशव स्थापितले भने - 'मेरो अभिव्यक्ति र लेखाइबाट कसैलाई चोट पुगे माफी चाहन्छु'
काठमाडौं - नेकपा एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले आफ्नो अभिव्यक्ति र लेखाइबाट कसैलाई चोट पुगेको भए माफी चाहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा गरेका हुन् ।
उनले भने - 'मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको सुनेँ । कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट पुगेको भए माफी चाहन्छु '
काठमाडौंको मुहार फेर्ने हजारौं सपना रहेको भन्दै उनले प्रत्येक सपनाहरू फूलबारीभन्दा कम नभएको बताए । उनले आफू निर्वाचित भएमा दलित र अपांगता भएका विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने पनि बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०३
प्रतिक्रिया दिनुहोस्